आँबुखैरेनी खण्ड बेलुका ७ बजेबाट बिहान ५ बजेसम्म बन्द

जेष्ठ २७, २०७९

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आजबाट बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको छ । आँबुखैरेनी–४ साँखरस्थित मस्र्याङ्दी विद्युत गृह नजिकै सडक आज बिहान भासिएपछि अवरुद्ध भएको सो खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ । 

लगातार वर्षाका कारण पहिरो गई सडक खण्डमा क्षति पुगेको हुँदा अर्को सूचना नभएसम्मका लागि ठुला सवारी साधनहरुलाई बैकल्पिक बाटोबाट यातायात सञ्चालन गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताउनुभयो । उहाँले साना सवारी साधन र दुई पाङ्गे सवारी साधनहरुलाई बिहान ५ बजेदेखि ७ बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो । यसैबीच गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले सो खण्डको निरीक्षण गर्नु भएको छ । निरीक्षणका क्रममा मन्त्री विकले छिटो काम सकेर यातायात सञ्चालनमा सहजता ल्याउन निर्देशन दिनुभयो । 


प्रतिक्रिया