पहिरोमा पुरिएका दुबै मृतकको सनाखत

जेष्ठ २७, २०७९

पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरेनीमा सडक भासिएको ठाउँमा भेटिएका दुबै मृतकको पहिचान खुलेको छ । प्रहरी नायव उपरीक्षक युवराज खड्काले भेटिएको शव मध्ये स्कुटर चालक गोरखा सिरानचोक गाउँपालिका घर भई हाल आँबुखैरेनी–२ बस्दै आएका ३५ वर्षीय केशव घिमिरे र कार चालक हेटौडा उपमहानगरपालिकाका–७ का ३३ वर्षीय हेमबहादुर भुजेल रहेको जानकारी दिनुभयो । 

 आज बिहान आँबुखैरेनी–४ पावरहाउस नजिकको सडक भासिएसंगै बा १० च ४६७९ नम्बरको कार, ग ३३ प १०८१ नम्बरको मोटरसाइकल र बा १५ प २९५३ नम्बरको स्कुटर मस्र्याङ्दी नदिमा खस्दा दुई जना पुरुषको शव भेटिएको थियो । 


प्रतिक्रिया