लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री खत्री प्रकरण: छानविन समिति गठन

असार १, २०७९

लुम्बिनी प्रदेशकी स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बिमला खत्री वलीको घटना अध्ययन गर्न सरकारले छानविन समिति गठन गरेको छ । प्रदेशका आन्तरिक मामिला तथा संचार मन्त्री तिलकराम शर्माको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन भएको छ । 

समितिमा कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती, प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य हुनुहुन्छ । घटनाको सत्य तथ्य छानबिन गरि समितिले १५ दिन भित्र प्रतिवेदन पेस गर्ने कार्यादेश रहेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा सञ्चारमन्त्री शर्माले बताउनु भयो । 

राज्यमन्त्री खत्रीले हिजो बिहान दाङको तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क स्थित आलुमण्डीमा रहेको एकराज बस्नेतको घरमा पुगेर उहाँकी श्रीमती मिना र ३ वर्षीया छोरीलाई कुटपिट गरेको आरोप लागेको छ ।  


प्रतिक्रिया