७ औं कान्तिपुर हिसान शैक्षिक मेला शुरु

असार १०, २०७९

काठमाडौंको भुकुटीमण्डपमा ७ औं कान्तिपुर हिसान शैक्षिक मेला आजबाट सुरु भएको छ । एसईई दिएर बसेका विद्यार्थिलाई लक्षित गर्दै मेला आयोजना गरेको आयोजकले जनाएको छ । असार १३ गतेसम्म चल्ने मेलामा काठमाडौंका ७५ बढी कलेजहरुका विज्ञले परामर्श दिने बताइएको छ । 

मेलामा विभिन्न ख्याति प्राप्त कलेजहरुबाट विद्यार्थीहरुको रुचि अनुसारको विषय र विद्यालय छनौटका विषयमा समेत जानकारी दिइने जनाइएको छ । मेलामा विभिन्न ७५ वटा स्टल राखिएका छन् । 


प्रतिक्रिया