१ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि

रेडियो कान्तिपुर संवाददाता

श्रावण २४, २०७९ | काठमाडौं

नेपालमा पछिल्लो पटक १ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ६ हजार ३ सय जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणबाट १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो ।

 यो संख्या पछिल्ला महिनामा एकैदिन संक्रमित भएको सबैभन्दा बढी भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप दुई जनाको मृत्यु समेत भएको छ । मन्त्रालयका अनुसार ४ सय ३८ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ८ सय ६ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 जसमध्ये काठमाडौमा सक्रिय संक्रमित संख्या ३ हजार ३८, ललितपुरमा ८ सय २९, भक्तपुरमा १ सय १ जना संक्रमित छन् । यसैवीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरुद्धको खोप लगाउन आग्रह गरेको छ । कोरोना विरुद्धको खोप नलगाएकाहरु उच्च जोखिममा रहने भएकाले खोप लगाउन मन्त्रालयले भनेको हो । 


प्रतिक्रिया