एकै दिन थपिए १५ सय डेंगुका बिरामी

रेडियो कान्तिपुर संवाददाता

आश्विन ९, २०७९ | काठमाडौं

पछिल्लो पटक एकै दिन मूलुकमा १ हजार ५ सय ४ जना डेंगुका बिरामी थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म २४ हजार ४ सय ९२ जनामा डेंगी पुष्टि भएको छ । हिजोसम्म २२ हजार ९ सय ८८ जनामा डेंगी भएको थियो । अहिलेसम्म डेंगीका कारण २९ जनाको मृत्यु भएको छ ।

 महाशाखाको अनुसार हासम्म सबैभन्दा बढी बाग्मती प्रदेशमा १९ हजारमा डेंगु भएको छ । लुम्बिनी प्रदेशमा २ हजार ८ सय ७२, सुदूरपश्चिममा ७ सय ७७, प्रदेश १ मा ७ सय ५३, गण्डकीमा ५ सय ३७, मधेशमा ३ सय २३ र कर्णालीमा २ सय ३० जनामा डेंगु पुष्टि भएको छ ।


प्रतिक्रिया