बाजुरामा मन्दिर छोएको आरोपमा कुुटपीट

रेडियो कान्तिपुर संवाददाता

आश्विन १३, २०७९ | बाजुरा

मन्दिर छोएको आरोपमा कुटपिट गर्ने बाजुराको त्रिबेणी नगरपालिका ७ का वडा अध्यक्ष सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्ष जुुद्धबहादुर अयडीलगायतले कञ्चनपुर बस्दै आएका टेकेन्द्र सुनारमाथि मन्दिर छाएको आरोपमा कुटपिट गरेका थिए । स्थानीय नाटेश्वरी मन्दिरमा नवरात्रीको पुजा हुदै गरेको अबस्थामा मन्दिर छाएको भन्दै वडाध्यक्षसहित स्थानीय रंग उपाध्याय, विनोद अयडीले कुुटपीट गरेकोको पीडितको आरोप छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्यबहादुर थापाका अनुसार पीडित सुुनारले प्रहरीसमक्ष गरेको जाहेरी अनुसार वडा अध्यक्षलाई नियन्त्रणमा लिएको बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया