दुई किशोरी अपहरण गरि बलात्कार गर्ने नौ जना पक्राउ

कार्तिक १७, २०७९ | रुपन्देही

रुपन्देहीमा दुई किशोरीलाई अपहरण गरी जवर्जस्ती सामूहिक बलात्कार गर्ने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । २ जना भने फरार छन् ।

गतराति कञ्चन गाउँपालिकामा भएको सास्कृतिक कार्यक्रमबाट घर फर्कने क्रममा मोटरसाईकलमा आएका १३ जनाको समूहले १५ र १६ वर्षका ती किशारीलाई अपहरण गरी जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ५ जना १८ वर्ष मूनिका छन् । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार ती व्यक्तिहरुले बाटो छेकेर घरेलु धारिलो हतियार देखाई पीडित किशोरीहरुलाई मोटरसाईकलमा अपहरण गरी लगेका थिए । घटनामा संलग्न व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय सालझण्डी, रुद्रपुर र सूर्यपुराको टोलीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।


प्रतिक्रिया