उदिपुर सडक ४ महिनापछि खुल्यो

कार्तिक २६, २०७९ | लमजुङ

लमजुङस्थित बेंसीसहर–डुम्रे राजमार्गमा पर्ने उदिपुर सडकमा अस्थायी रुपमा बैकल्पिक सडक निर्माण गरिएको छ । बैकल्पिक सडक निर्माण गरिएसंगै ४ महिनापछि सो सडक भएर सवारी आवागमन हुन थालेको छ ।

 बेंसीसहर नगरपालिका १, का वडाअध्यक्ष दुर्गाबहादुर बुढाथोकीका अनुसार गत असार ४ गते उदिपुरको देउराली डाँडाबाट पहिरो खस्दा गतवर्ष निर्माण गरिएको डाइभर्सन सडक बगाएको थियो । 

बेंसीसहर–डुम्रे सडकलाई उदिपुर चिप्लेटी नजिकै मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको माथिल्लो गेटबाट ड्यामसाइड हुँदै नेपाली सेनाको चण्डीप्रसाद गणको बाटो भएर पुरानो बाटो रिट्ठेबगर हुँदै उदिपुर निस्कने गरी डाइभर्सन सडक संचालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो ।


प्रतिक्रिया