राजविराजमा जसपाको र्‍याली र सभा

मंसिर १, २०७९ | सप्तरी

चुनावी प्रचारको अन्तिम दिन आज राजविराजमा जसपा र एमालेको गठबन्धनले सप्तरी क्षेत्र नम्बर २ केन्द्रित र्‍याली र आम सभा गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादब यस क्षेत्रवाट प्रतिनिधी सभा सदस्य पदमा उम्मेदवार छन् । राजविराजस्थित राजरंगशालाबाट निस्केको जसपाको जुलुस राजविराज बजार क्षेत्रको परिक्रमा गर्दे जसपाका पक्षमा मतदान गर्न आग्रह गरेका थिए । 

र्‍यालीपछि पुन राजरंगशालामा आयोजित आमसभामा जसपा र एमालेका नेताहरुले सत्ता गठबन्धनका कारण मुलुक संकटमा परेको भन्दै जसपा एमाले गठबन्धनको पक्षमा मतदान गर्न अपील गरे । सभामा जसपा अध्यक्ष उपेन्द्र यादब, एमाले पोलिटब्युरो सदस्य सुमनराज प्याकुरेल, जसपा केन्द्रिय कार्यकारिणी समिती सदस्य मृगेन्द्रकुमार सिंह यादब,जसपा प्रवक्ता मनिष सुमन, सप्तरी २(१) बाट जसपा उम्मेदवार शैलेन्द्रप्रसाद साह र २(२) बाट जसपा उम्मेदवार लक्ष्मण यादब लगायतका बक्ताहरुले बोलेका थिए । 


प्रतिक्रिया