धनकुटामा ६० प्रतिशत मत खस्यो

मंसिर ४, २०७९ | धनकुटा
धनकुटामा ६० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रारम्भिक आँकलन अनुसार ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले बताउनुभयो ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १ सय १९ मतदान स्थलमा १ सय ६२ मतदान केन्द्रमा मतदान सम्पन्न भएको हो । १ लाख १६ हजार ९९१ जना मतदाता रहेको धनकुटामा प्रतिनिधिसभाका ७ जना, प्रदेशसभा १ मा ४ जना र प्रदेश २ मा ७ जना उम्मेदवार छन् ।