चमनुव्रीको मतपेटिका हेलिकप्टर मार्फत ढुवानी

मंसिर ५, २०७९ | गोरखा

गोरखाको चुमनुव्री गाउँपालिका अन्तर्गत २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गरिएको छ । भौगोलिक हिसाबले दुर्गममा रहेको चुमनुव्रीका ६ वटा केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम ल्याइसकिएको छ । 

अन्य केन्द्रबाट पनि मतपेटिका ढुवानी भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज दिनभरमा सबै केन्द्रका मतपेटिका ल्याइसक्छौँ ।’

दुईदेखि तीन उडानमा मतपेटिका सदरमुकाम ल्याइने जनाइएको छ । ३ सय १७ मध्ये गोरखाको चुमनुव्री गाउँपालिका बाहेकका अन्य केन्द्रको मतपेटिका भने गणना स्थलमा आइसकेको छ । 


प्रतिक्रिया