सप्तरीमा रसायनिक मलको अभावपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

मंसिर ११, २०७९ | सप्तरी

सप्तरीमा रसायनिक मलको अभाव भएपछि स्थानीय जनप्रतिनिधिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । 

जिल्लामा गहुँखेतीको सिजन सुरु भएपछि किसानलाई रसायनिक मलको अभाव भएको छ । सप्तरीका १८ वटै पालिका प्रमुखहरुले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन । 

 सप्तरीमा ८१ हजार ६ सय ६८ हेक्टर जग्गा खेतीयोग्य जमिनमा २३ हजार ८ सय ५७ दशमलव १५ मेट्रिक टन युरिया, १२ हजार ७ सय ८४ दशमलव १ मेट्रिक टन डिएपी, ९ हजार २४ मेट्रिक टन पोटासको आबश्यकता रहने कृषी सामग्री संस्थानले जनाएको छ । डिपोले तत्काल मौज्दात रसायनिक मलले किसानको आबश्यकता धान्न सक्ने अबस्था नरहेको जनाएको छ । किसानहरुले रसायनिक मलको ब्यबस्थापन हुन नसक्दा उत्पादनमा ह्रास आउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।


प्रतिक्रिया