सीमामा देखिएको समस्या हल गर्न नेपाल–भारतबीच छलफल

मंसिर १९, २०७९

दार्चुलास्थित सीमा क्षेत्रमा देखिएको समस्या समाधानका लागि नेपाल र भारतका अधिकारीबीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारीबीच जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको हो । भारतले अनाधिकृत रुपमा निर्माण गरिरहेको भनिएको तटबन्धको विषयलाई लिएर दुबै देशका नागरिकबीच ढुङ्गा हानाहान भएको थियो ।

 ढुङ्गा प्रहार भएपछि दुबै देशका आधा दर्जन बढी नागरिक घाईते भएका थिए । सो विषयमा केन्द्रित रहेर दुबै देशका पदाधिकारीबीच छलफल भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । छलफलमा तटबन्ध निर्माण गर्दा दुबै देशलाई कुनै हानि नोक्सान हुने गरी काम नगर्न आग्रह गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनुभयो । 

भारतीय पक्षले तटबन्ध निर्माण गर्दा निर्माणाधिन तटबन्ध भन्दा ७ देखि १० मिटर यता नेपालतिर ग्याबिन जाली लगाएको छ । नेपाली पक्षले भने सो ग्याबिन जाली तत्काल हटाउन आग्रह गरेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया