समानुपातिकतर्फ एमाले सबै भन्दा ठूलो पार्टी

मंसिर २०, २०७९

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन प्रत्यक्षमा ४४ सिट जितेको एमाले समानुपातिक तर्फ सबैभन्दा ठूलो पार्टी बनेको छ । आयोगका समानुपातिक तर्फका प्रवक्ता गुरु वाग्लेले पछिल्लो मतपरिणाम अनुसार एमालेले समानुपातिक तर्फ ३४ सिट पाउने बताउनुभयो । 

त्यस्तै प्रत्यक्षतर्फ ५७ सिट जितेर पहिलो दल बनेको कांग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ १८ सिट जितेर तेस्रो भएको माओवादी केन्द्र समानुपातिक तर्फ पनि तेस्रो भएको छ । माओवादीले समानुपातिक तर्फ १४ सिट पाएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट पाएको छ । प्रत्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिटमा जित हात पारेको थियो । त्यस्तै प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकमा ७ सिट जित हात पारेको छ । 

त्यस्तै जनमत पार्टी र जसपाले ५/५ सिट समानुपातिकमा पाएका छन् । प्रत्यक्षतर्फ जनमतले १ र जसपाले ७ सिटमा जित हात पारेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्षतर्फ र समानुपातिकमा ११० जना निर्वाचित हुन्छन् । 


प्रतिक्रिया