पाल्पाको पूर्वखोला गाउँपालिकाको लोगो सार्वजनिक

मंसिर २६, २०७९ | पाल्पा

पाल्पाको पूर्वखोला गाउँपालिकाले आफ्नो छुट्टै लोगो सार्वजनिक गरेको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार लोगो बनाउन प्रस्ताव आहृवान गरिएको थियो । प्रस्ताव आहृवानसँगै लोगो बनाउन चार जनाले प्रस्ताव पेश गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । 

चार मध्यबाट अमृत कामुले निर्माण गरेको लोगो छिनोट गरेर सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिनुभयो । गाउँपालिका लोगो सार्वजनिक गर्दै अध्यक्ष थापाले अब गाउँपालिकाको आफ्नै पहिचान अनुसारको लोगो बनेको बताउनुभयो । 

प्रक्रिया पुगेको र पूर्वखोला गाउँपालिकाले कार्य सम्पादन गर्ने कागजपत्रमा लोगो प्रयोग हुने उहाँको भनाई छ । लोगो निर्माण गर्ने कामु मगरलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको छ । 

खुल्ला रुपमा आव्हान गरेको र सोही अनुसार लोगो बनेर आएका मध्ये कामुले बनाएकोलाई समितिले स्वीकृत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले बताउनुभयो ।


प्रतिक्रिया