ऐलानी जग्गामा निर्माण गरिएको टहरा हटाउन शारदा नगरपालिकाको निर्देशन

सल्यानको शारदा नगरपालिका १ श्रीनगर बजार क्षेत्रमा रहेको अस्थायी बसपार्क र त्यस वरिपरी निर्माण गरिएका टहरा   तस्बिरः रेडियो कान्तिपुर

मंसिर २७, २०७९ | सल्यान

 सल्यानको शारदा नगरपालिका १ श्रीनगरस्थित अस्थायी बसपार्क वरिपरीका ऐलानी जग्गामा निर्माण गरिएको घर टहरा हटाउन शारदा नगरपालिकाले निर्देशन दिएको छ । 

अस्थायी बसपार्क वरपिपरि स्थानीय तथा आसपासका व्यक्तीले ७५ वटा टहरा नर्मिाण गरी झन्डै तीन दशकदेखि बसोबास र ब्यापार गर्दै आएका छन् । आधुनिक  बसपार्क निर्माण गर्न  भन्दै नगरपालिकाले ती टहरा हटाउन सोमबार निर्देशन दिएको हो । 

डिपिआर अनुसार बसपार्क निर्माण गर्न कठिनाई भएपछि टहरा हटाउन आग्रह गरिएको शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले बताउनुभयो  । सूचना प्रकाशन भएको ३५ दिन भित्रमा टहरा नहटाए नगरपालिकाले कारवाही प्रक्रिया अगाडि बढाउने उहाँले जानकारी दनिुभयो ।

जिल्लाको प्रमुख व्यापारीक बजार समेत रहेको सो क्षेत्रमा ऐलानी जग्गामा बसोबास गर्दै आएकालाई अन्यत्र व्यवस्थापन गर्ने कुनै कार्यक्रम नभएको नगरपालिकाले जनाएको छ । 

यसअघि आर्थिक वर्ष २०७६ मा पनि नगरपालकिाले १५ दिने सूचना प्रकाशन  गर्दै टहरा हटाउन आग्रह गरेको थियो । तर, स्थानीयको विवादका कारण बसपार्क निर्माणको काम रोकिएको थियो । 


प्रतिक्रिया