आँबुखैरेनी सडक खण्ड ४ घण्टापछि एकतर्फी सञ्चालन

पुस ३, २०७९
पृथ्वीराजमार्ग अन्तरगत आँबुखैरेनी गाउँपालिका–२ स्थितको सडकखण्ड ४ घण्टापछि सञ्चालनमा ल्याइएको छ । मुग्लिङ–पोखरा सडकखण्ड निर्माणको क्रममा आँबुखैरनी–२ स्थित खानिखोला पुल नजिकैको सडक भाँसिदा अवरुद्ध भएको सडक ४ घण्टापछि एकतर्फी सञ्चालनमा ल्याइएको हो ।
आज बिहान करिव १० बजेदेखि अवरुद्ध उक्त सडकखण्डमा करिव २ बजेदेखि ठुला सवारी साधनलाई एकतर्फी र साना सवारी साधनलाई दुईतर्फी सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । भाँसिएको सडक खण्डमा मर्मतको काम भइरहेको र दुई तर्फी सञ्चालन गर्न अझै कति समय लाग्ने भन्ने यकिन भन्न नसकिने प्रहरीले जनाएको छ ।