आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिन माग गर्दै उजुरी

जेष्ठ १६, २०८२ | काठमाडौं

पूर्वमन्त्री अफताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि छानबिनको माग गर्दै न्याय परिषदमा उजुरी परेको छ । 

युवराज पौडेलले फैसला गर्ने उच्च अदालत जनकपुरका न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि न्यायीक परिक्षण गराई छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने माग गर्दै उजुरी दिनुभएको हो ।

 उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले अस्ति बुधबार ज्यान मुद्दामा आलमलाई सफाइ दिने फैसला गरेको थियो । न्याय सम्पादनको कार्य तथा तथा आदेशहरु समेत परिक्षण गर्न र न्यायाधीशरुलाई तत्काल निलम्बन गर्न न्याय परिषद सचिवालय ऐन बमोजिम कारबाही गर्न उजुरीमा माग गरिएको छ । न्याय परिषद्ले भने सो बारे कुनै प्रतिक्रिया जनाएको छैन । 


प्रतिक्रिया