रुपनीको विरोध भोलीसम्म स्थगीत

पुस ५, २०७९ | सप्तरी

टिपरको ठक्करवाट विद्यालय गईरहेकी किशोरीको मृत्यु भएपछि तनावग्रस्त बनेको सप्तरीको रुपनी क्षेत्रमा विरोधमा उत्रिएका प्रर्दशनकारीले भोलीसम्मका लागि आफ्नो विरोध स्थगीत गरेका छन् । 

उनीहरुले टिपर चलाउँदा टाइम कार्ड लागु गर्नुपर्ने, मृतकलाई थप क्षतिपुर्ति दिनुपर्ने,चालकलाई ज्यान मुद्धामा कारवाही चलाउनुपर्ने लगायतका विभिन्न ५ बुँदे माग गर्दै आजको प्रदर्शन रोकेको हाम्रा सहकर्मीले जनाएका छन् । 

आज विहान ना १ क ८५४२ नम्बरको टिपरको ठक्करबाट रुपनी १ की १२ वर्षिय रिताकुमारी यादवको मृत्यु भएको थियो । 

किशोरीको मृत्युपछि आक्रोसित बनेका स्थानीयको भिड नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गर्नुका साथै ८ राउण्ड अश्रुग्यास र १३ राउण्ड रबरको गोली प्रहार गरेको थियो । घटनाका विषयमा भोली विहान ११ बजे जिल्ला प्रशासन कार्यालयमा थप छलफल हुने बताइएको छ । 


प्रतिक्रिया