बारामा गोली लागेर घाइते भएका भारतीय नागरिकको मृत्यु

पुस ८, २०७९

बाराको महागढीमाई नगरपालिका २ भुतही पुल नजिक गोली प्रहारबाट घाइते भएका भारतीय नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाले छातीमा गोली लागेर घाईते भएका यादवको उपचारका क्रममा वीरगन्जस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो । 

थापाका अनुसार मृतक यादव भारतमा हत्या, डकैतीलगायत विभिन्न सात वटा मुद्दामा फरार भएर नेपालमा सेल्टर लिएर बस्दै आएका थिए । उनीमाथि भारत छौडादानो गाउँ पञ्चायतका उपाध्यक्ष रमेश यादवको हत्या गरेको आरोप छ । मोटरसाइकलमा आएका २ जनाले यादवलाई गोली प्रहार गरेर फरार भएका थिए । 


प्रतिक्रिया