राठी घटनामा संलग्न खत्तावलाई मुद्धा चलाउने प्रहरीको तयारी
पुस १३, २०७९ | मोरङ
उद्योगी अरुणकुमार राठीलाई बन्धक वनाएर फिरौती रकम लिने सिराह ४ का अब्दुल खत्तावलाई मोरङ प्रहरीले अपहरण तथा शरिर बन्धक शिर्षकमा मुद्धा चलाउने तयारी गरेको छ ।
राठी र खत्ताव नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक हुन । खत्तावले राठीलाई आफ्नै मिडिया हाउसमा तीन साताअघि बन्धक वनाएर १५ लाख रुपैयाँ फिरौती रकम लिएको प्रहरीको भनाई छ ।
राठीलाई बन्धक वनाउन खत्तावलाई सहयोग गर्ने विराटनगरका जयकुमार रामलाई पनि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताउनुभयो । तर राठीले खत्तावका सहयोगी राम नभई भारतीय नागरिक अजय चौधरी भएको दावी गरेका छन ।
विराटनगर ६ मा वस्दै आएका खतावले राठीलाई आफनै मिडिया हाउसमा भिडियो खिच्ने भन्दै सरौचियामा रहेको मिडिया हाउसमा अपहरण शैलीमा पुर्याएर बन्धक वनाएर १५ लाख तत्काल फिरौती रकम लिएको र बाँकी १५ लाख रुपैयाँ एकसाता पछि लिने सर्तमा छाडेको राठीले प्रहरीलाई किटानी दिएका थिए ।