जिप दुर्घटनामा १ महिलाको मृत्यु, ८ जना घाइते

पुस १४, २०७९ | लमजुङ

लमजुङको मस्र्याङ्दी गाउँपालिका ८, भुलभुलेमा यात्रुबहाक जिप दुर्घटना हुँदा १ महिलाको घटनास्थलमै मृत्यु भएको छ । मस्र्याङ्दी गाउँपालिका ८, भुष्मेकी ४७ वर्षीया भिवकाशी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले बेंसीसहरस्थित लमजुङ अस्पतालमा चेकजाँचका क्रममा डाक्टरले मृत घोषणा गरेका थिए ।

भुलभुलेको सुरुङ कट्ने वित्तिकै भुष्मेतर्फ जाँदै गरेको ग३च ८३६१ नम्बरको बोलेरो जिप बिहीबार साँझ ५ बजेतिर दुर्घटना भएको हो । उकालोमा जाने क्रममा ब्रेक फेल हुँदा जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । चालक फरार छन् ।

दुर्घटनामा परेर ८ जना घाइते भएका छन् । ४ जना घाइते गम्भीर रहेकोमा चितवनस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको छ । अन्य ४ जनाको बेंसीसहरस्थित लमजुङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया