शितलहरपछि सप्तरीमा न्यानो कपडा वितरण

पुस २४, २०७९ | सप्तरी

शितलहर चलेपछि सप्तरीको स्थानीय प्रसाशनले विपन्न बस्तीमा न्यानो कपडा बाँड्न सुरु गरेको छ ।

 राजविराज ९ बिहारपुरस्थित मुसहर बस्तीमा अति विपन्न २० परिवारलाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा नेतृत्वको स्थानीय प्रसाशनको टोलीले कम्वल तथा सिरक बितरण गरेको हो ।

 सो बस्तीका अति विपन्न परिवारका मुसहरहरु सिरक अभावमा जाडो छल्न समस्यामा थिए ।

 यसैगरि डिभिजन वन कार्यालयको सहयोगमा प्रसाशनले राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल सहित विभिन्न चोकमा दाउरा बाल्ने कार्य समेत संचालन गरेको छ । 

यसका अतिरिक्त राजविराज नगरपालिकाले पनि नगरका चोकहरु र वडाका बिभिन्न स्थानमा दाउरा बालेर आगो ताप्ने ब्यवस्था मिलाएको छ । 


प्रतिक्रिया