८० लाख हिनामिना गर्ने वडाध्यक्ष कारागार चलान

पुस २४, २०७९ | सप्तरी

नागरिकता किर्ते गरि सामाजिक सुरक्षा भत्ताको अपचलन गरेको अभियोगमा सप्तरीको डाक्नेश्वरी नगरपालिका २ का वडाध्यक्ष रहमान मिया पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत सप्तरीको अदेश अनुसार वडाध्यक्ष मियालाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।

भत्ता वितरणमा सरकारी कागज र छाप किर्ते गरि एउटै व्यक्तिको नाममा दुईवटा नागरिकता बनाएर सामाजिक सुरक्षा भत्ता वापतको ८३ लाख ४१ हजार एक सय ८ रुपैयाँ हिनामिना गरेको मिया सहित २१ जना माथि अरोप छ ।

रकम हिनामिना पछि फरार रहेका मिया गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।  


प्रतिक्रिया