सेवाग्राहीलाई प्रशासन कार्यालयमा टाइमकार्ड लागु

माघ ५, २०७९ | भैरहवा

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आफ्ना सेवा छिटो छरितो र सरल बनाउनका लागि कार्यालयमा आउने सेवाग्राहीलाई आजदेखि टाइमकार्ड लागु गरेको छ ।

सेवा लिन कार्यालयमा आउने सेवाग्राही मध्ये बिहानमा आउनेलाई रातो र दिउसोमा आउनेलाई कार्यालयले पंहेलो टाइमकार्डको व्यवस्था गरेको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले प्रशासन कार्यालयबाट नयाँ नागरिकता, नागरिकताको प्रतिलिपी, राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट वितरणमा सहजता ल्याउन टाइमकार्ड लागू गरिएको बताउनुभयो ।

सबै सेवालाई एकद्वार प्रणालीमा ल्याउन र नागरिकलाई छिटोछरितो सेवा दिन टाइमकार्ड लागू गरेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया