बलात्कार अभियोगमा वडाध्यक्ष पुर्पक्षको लागि थुनामा

माघ ११, २०७९ | बारा

किशोरीलाई बलात्कार गरेको अभियोगमा निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजन श्रेष्ठलाई बारा जिल्ला अदालतले मुद्दाको पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ ।

वडाध्यक्ष श्रेष्ठलाई वीरगन्ज कारागार चलान गरिएसंगै उनको पद स्वतः निलम्वनमा परेको जिल्ला सहन्यायधिवक्ता भीमसेन काफ्लेले बताउनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालयले अभियुक्त श्रेष्ठलाई कसुर गरेअनुसारको १२ देखि १४ बर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ती भराउने माग दाबी गर्दै अदालतमा अभियोगपत्र दर्ता गराएको थियो ।

गत असोज १९ मा छिमेकी एक किशोरीलाई घरमै बोलाएर बलात्कार गरेको आरोप लागेपछि उनी फरार थिए ।

पीडित किशोरीले गत असोज २५ मा इलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएकी थिइन् । 


प्रतिक्रिया