पाल्पाको केराबारीमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

माघ १२, २०७९ | पाल्पा

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–४ केराबारीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्याङजाको गल्याङ नगरपालिका–१, मालुङगा राम्दीका २२ वर्षीय टिपर चालक सरोज न्यौपानेको घटनास्थलमै मृत्यु भएको हो ।

 पाल्पाबाट बुटवल जाँदै गरेको ना ८ ख ७९२४ नम्बरको टिपर तिनाउ खोलामा खस्दा न्यौपानेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त टिपर सडकबाट १ हजार २ सय मिटर तल तिनाउ खोलामा खसेको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया