स्ववियु निर्वाचनकालागि नेविसंघको ३४ सदस्यी घोषणापत्र समिति

माघ १५, २०७९ | काठमाडौं

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै गर्दा विभिन्न दलका विद्यार्थी संगठनले आन्तरिक तयारीलाई तिव्र बनाएका छन् । नेविसंघले स्ववियु निर्वाचनको तयारीलाई तिव्रता दिएको छ ।

संघले वर्तमान समयमा सुहाउँदो एजेन्डाहरू प्रस्तुत गर्दै चुनावमा सहभागी हुन केन्द्रीय घोषणापत्र तयारी समिति गठन गरेको छ । नेविसंघले पूर्वकेन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा रहेको ३४ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ ।

विभिन्न क्षेत्रका विज्ञ, बुद्धिजीवी, विभिन्न संकायका उत्कृष्ट विद्यार्थी नेताहरुलाई समेटेर नेविसंघले घोषणा पत्र तयारी समिति गठन बनाएको हो । समितिको सदस्य सचिवमा विकल राइलार्ई मनोनित गरिएको छ । समितिले विद्यार्थीको सहभागितामा उपसमितिहरु समेत गठन गरेको छ ।

समितिमा डा. सुमन आचार्य, चाटर्ड एकाउन्टेन्ट पदम भट्टराई, सार्वजनिक प्रशासन विज्ञ पंकजकुमार क्षेत्री, कृषि वन विज्ञानका पिएचडी स्कोलर रमेशप्रसाद भट्ट, इन्जिनियर राजेश्वर कमली, शिक्षाका लागि राष्ट्रिय अभियानका सचिव टेकराज अवस्थी, अधिवक्ता सुरज सैजुवाल, इन्जिनियर महेन्द्र सिंह, संस्कृततर्फबाट आचार्य प्रकाश सुवेदी, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष अनुप सुनुवार, आयुर्वेद चिकित्सक डा. हिमाल भट्ट, एमनेष्टी इन्टरनेसनलका अध्यक्ष विपिन बुढाथोकी सदस्य छन् ।

त्यस्तै, विद्यार्थी नेताहरु आदर्श लामिछाने, बबिन बस्नेत, गणेश थापा, श्यामराज ओझा, पूजा फुयााल, सगुन काडेल, पदम भुसाल, अनुकूल रेग्मी, प्रकाश श्रेष्ठ, विजय पुनमगर, विनोदराज जोशी, अर्जुन सापकोटा, वर्षा पराजुली, मनिषा रानाभाट, युरिका वन, सागर विश्वकर्मा, विपिन भट्टराई, आशिका पौडेल र शिवलाल पौडेल घोषणा पत्र तयारी समितिमा मनोनित भएका छन् ।

समितिका संयोजक गन्धर्वले तोकिएकै समयमा स्ववियु निर्वाचन हुनुपर्ने र त्यसकालागि आफूहरु तयार रहेको बताउनुभयो । त्रिविले चैत्र ५ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको छ ।


प्रतिक्रिया