बालेन्द्र शाह विरुद्ध माइतीघरमा प्रदर्शन

माघ १५, २०७९ | काठमाडौं
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ ।
गैरकानुनी रुपमा निजी संरचना भत्काएको, जथाभावी रुपमा डोजर चलाएको आरोप लगाउँदै स्थानीयले प्रदर्शन गरेका हुन् ।
महानगरले नियम विपरीत डोजर चलाएर पर्खाल भत्काएकाले विरोधमा उत्रिएको अगुवा सुमन सायमीले बताउनुभयो ।
महानगरले कुनै पत्र र सूचना बिना संरचनाहरु भत्काएको सायमीको आरोप छ ।