सिम्रौनगढको नगर अस्पताल बन्द

माघ १६, २०७९

कोभिड महामारीको समयमा बाराको सिम्रौनगढ नगरपालिकाले करोडौं लगानी गरेर सञ्चालनमा ल्याएको सुविधा सम्पन्न अस्पताल अनिश्चितकालका लागि बन्द गरिएको छ । कोरानाकालमा सुलभ र छिट्टो स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालनमा ल्याइएको १५ शैय्याको अस्पताल अहिले नगरपालिका अन्तर्गतको स्वास्थ्य शाखाले आज एक सुचना प्रकाशित गरी ओपीडि (बहिरंग) सेवा बाहेकका सबै सेवा अर्को सुचना नआउन्जेलसम्मका लागि बन्द गरिएको जनाएको छ ।

अस्पताल बन्द हुँदा ग्रामीण भेगका सर्वसाधारण निराश बनेका छन् । अस्पतालमा दैनिक करिब सय जनाले उपचार सेवा पाउँदै आएका थिए । नगरपालिकाले दुई करोड खर्चेर २ तल्लाको १२ कोठे नगर अस्पताल आफ्नै लगानीमा निर्माण गरी सञ्चालनमा ल्याएको थियो । त्यसपछि यस क्षेत्रका बासिन्दाहरु सहज उपचार सुविधा पाउन थालेका थिए ।नगरभित्रका अन्य सरकारी स्वास्थ्यचौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाहेक एमबीबीएस सहित प्राविधिक र स्वास्थ्यकर्मी गरी ३० जना परिचालन गरेर सुविधायुक्त यो अस्पताल सञ्चालन गरिएको थियो ।


प्रतिक्रिया