नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु

फाल्गुन ४, २०७९ | नुवाकोट

नुवाकोटको विदुर नगरपालिकाको चैनपुरमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस दुर्घटना भएको हो । 

दुर्घटनामा ६३ वर्षीय बाबुराम दर्जी नेपाली, ७८ वर्षीय रामप्रसाद अर्याल र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । ती महिलाको शनाखत हुन सबेको छैन । जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काका अनुसार घाइतेहरुको त्रिशूलीस्थित जिल्ला अस्पताल उपचार भइरहेको छ । 


प्रतिक्रिया