तनहुँका कृषक आन्दोलित

फाल्गुन २२, २०७९ | तनहुँ

कृषि व्यवसाय र कृषकमाथि परेका समस्या सम्बोधन गर्न माग गर्दै तनहुँका कृषक विरोधमा उत्रिएका छन् । संयुक्त कृषक संघर्ष समिति गठन गरी कृषकहरु १७ बुँदे मागसहित विरोधमा उत्रिएका हुन् । 

‘किसान बाँचे देश बाँच्छ’ भन्ने नाराका साथ दमौलीमा विरोध प्रदर्शनमा उत्रिएका कृषकले उत्पादनमा आधारित अनुदानको व्यवस्था गर्न, सरकार मार्फत सिधै कृषि कर्जा तथा बीमा सुविधा दिन तथा कृषि उत्पादनको सोझै खरिदको ग्यारेन्टी हुनुपर्ने लगायत माग गरेका छन् । पछिल्लो समय कृषि व्यवसाय र कृषकले भोग्दै आएको समस्या बारे सरकारले ध्यान नदिएको हुँदा सडकमा उत्रनु परेको संघर्ष समितिका संयोजक गिरबहादुर दुराले बताउनुभयो ।


प्रतिक्रिया