जसपा बाराका पूर्वअध्यक्ष पटेल पक्राउ

फाल्गुन २९, २०७९ | बारा

जनता समाजवादी पार्टी (जसपा) बाराका पूर्वअध्यक्ष अजय पटेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जग्गा कीर्ते सम्बन्धी कसूरमा पटेललाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बाराको जिम्मा लगाएको हो । 

उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कलैयाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । 

परवानीपुर गाउँपालिका–५ बहुअरी गाउँका पटेल २०७० को संविधानसभा सदस्यमा उम्मेदवार थिए । डीएसपी पाण्डेले अनुसन्धान पछि विस्तृत जानकारी गराइने बताउनुभयो । 


प्रतिक्रिया