नुवाकोटको ढुंगे बजारमा आगलागी

फाल्गुन ३०, २०७९ | नुवाकोट

नुवाकोटको विदुरनगरपालिका १ ढुंगे बजारमा आगलागी हुँदा तीन वटा पसल जलेर नष्ट भएको छ । विदुरनगरपालिका ९ का रामेश्वर अधिकारीको प्लाष्टिक पसल, सुरेश श्रेष्ठको किराना पसल र एउटा फलफूलको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लक्ष्मी खड्काले जानकारी दिनुभयो ।

राति ११ बजेबाट शुरु भएको आगो बिहान तीनबजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । करेन्ट सट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । क्षतिको विवरण संकलन कार्य भइरहेको छ । 


प्रतिक्रिया