ठाकुरराम क्याम्पसमा स्ववियु निर्वाचन जेठ १३ का लागि सारियो

चैत्र १, २०७९

पर्साको वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा चैत ८ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन २ महिना पछि धकेलिएको छ । बुधबार जिल्लाका राजनीतिक दलका प्रमुख/प्रतिनिधि सहितको निर्वाचन समितिको बैठकले हालको असहज परिस्थितिलाई ध्यानमा राख्दै स्ववियु निर्वाचन दुई महिनापछि गर्ने निर्णय गरेको हो । 

निर्वाचन अधिकृत रोशन लामिछानेले बुधबार एक सूचना जारी गर्दै ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन आगामी जेठ १३ गते हुने जानकारी गराउनु भएको हो । त्रिविको परीक्षालाई प्रभावित नगर्ने गरी जेठ १३ मा स्ववियु निर्वाचन गर्न क्याम्पस प्रशासन मार्फत त्रिभुवन विश्वविद्यालय कीर्तिपुरलाई सिफारिश समेत गरिएको सूचनामा उल्लेख छ । 


प्रतिक्रिया