दुई उपसचिव हाजिर नै नभई फिर्ता

चैत्र ९, २०७९ | बारा

बाराका एक उपमहानगरपालिका र तीन वटा नगरपालिका लागि गत साता संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट सरुवा भई गएका चार जना उपसचिवमध्ये दुई जना हाजिर नै नगरी फिर्ता भएको खुलेको छ ।

चारवटा पालिकाका उपसचिवमध्ये दुई वटा पालिकामा दुई जना उपसचिवहरु हाजिर भएपनि दुई जना भने हाजिर नै नभई फर्केको हाम्रा सहकर्मीले जनाएका छन् । कोल्हवीका लागि विष्णुभक्त सिग्देल र सिम्रौनगढ नगरपालिकाका लागि सञ्जय पोखरेल सरुवा भई गए पनि हाजिर नै नगरी फिर्ता भएका हुन् ।

दुबै पालिकाका प्रमुखहरुले हाजिर नगराउने अडान लिएपछि उनीहरु फिर्ता भएका हुन् । कोल्हवी नगरपालिकामा कार्यरत वहालवाला निमित्त महम्मद साबिरको आउँदो चैत २३ मा स्वैछिक अवकाश हुने भएकाले अवकाशपछि हाजिर गराउने सर्तमा सहमति भएपछि पोखरेल फिर्ता भएको एक अधिकृतले बताए ।

सिम्रौनगढ नगरपालिकामा भने सरुवा भई गएका सिग्देल हाल कार्यरत प्रमुख प्रशासकीय अधिकृत दिनेश न्यौपाने भन्दा कनिष्ठ भएकाले नगरप्रमुख किशोरीप्रसाद कलवारले हाजिर नै नगराई फर्काइदिएको बताइएको छ । 


प्रतिक्रिया