छापाखानामा आगलागी

चैत्र १४, २०७९ | धनकुटा

धनकुटा नगरपालिका ७ हुलाकटोलमा रहेको जनविश्वास अपसेट प्रेसमा आज बिहान आगलागी भएको छ । बिहान करिब साढे ६ बजे सुरु भएको आगलागीबाट छापाखाना पूर्ण रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

धनकुटा नगरपालिकाको दमकल, प्रहरी, स्थानीयबासीको पहलमा आधा घण्टामा आगो नियन्त्रणमा आएको थियो । विद्युत सर्ट भएर आगलागी भएको जनाईएको छ । 

आगलागीबाट करिब ५५ लाख बराबरको क्षति पुगेको प्रहरीको अनुमान छ । छापाखानाबाट जनविश्वास साप्ताहिक लगायत अन्य प्रकासनका काम हुने गरेको सञ्चालक सञ्जयसन्तोषी राईले बताउनुभयो । 

आगोले छापाखानाको सम्पूर्ण मेसिन र कम्प्युटर लगायतका सामाग्री जलेर क्षति पुगेको छ ।


प्रतिक्रिया