कर्णाली प्रदेशमा तेस्रो पटक मन्त्रिमण्डल विस्तार

वैशाख ७, २०८० | सुर्खेत

कर्णाली प्रदेश मन्त्रिपरिषद् तेस्रो पटक विस्तार भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले गत पुस २७ मा सपथग्रहण गरे यता तीनपटक मन्त्रीपरिषद् विस्तार भएको हो । तीन महिनामा तेस्रो पटक भएको मन्त्रीपरिषद् विस्तारमा भने नेकपा माओवादीसंगै नेपाली कांग्रेस सरकारमा गएको छ ।

नेपाली कांग्रेसका अर्थमन्त्री वेदराज सिंह पर्यटन तथा उद्योग मन्त्री कृष्णकुमार विसी र सामाजिक मन्त्री खड्क पोखरेलले आज सपथ लिनु भएको छ । नेकपा माओवादी र नेकपा एमालेले खर्च खटौती गर्ने भन्दै ७ वटा मन्त्रालय बनाएका थिए तर मन्त्री भने ८ जनाले सपथ लिएका छन् ।

गत मंगलबार बसेको मन्त्रीपरिषद बैठकको निर्णअनुसार प्रदेश सरकार कार्य विभाजन निमावाली २०७४ को अनुसुची १ र अनुसुची २ हेरफेर गरेर ८ वटा मन्त्रालय बनाउने सरकारले निर्णय गरिएको छ । त्यसअनुरुप ८ वटा मन्त्रालय हुने भएका छन् । अहिलेको सत्तासमीकरण अनुसार मुख्यमन्त्री सहित ५ वटा मन्त्रालय नेकपा माओवादीको भागमा परेको छ भने तीन मन्त्रालय नेपाली कांग्रेसले पाएको छ ।

सुरुमा नेकपा एमाले र माओवादीलगायतका दलसंग गठबन्धनसंगै मन्त्रिमण्डल विस्तार भएको दुईमहिना नबित्दै पुनः मन्त्रीमण्डल विस्तार भएको हो । गत पुस २७ गते मुख्यमन्त्री बनेका शर्माले माग ६ गते महिलो पटक विश्वासको मत लिनु भएको थियो ।

त्यसबेला एमाले र राप्रपासहितको समर्थनमा २५ मत प्राप्त एका थिए । नेकपा एमालेले विश्वासको मत चैत २७ गत नै फिर्ता लिएको थियो । कर्णाली सरकारको अस्थिरता हुँदा बजेट खर्चमा समस्या देखिएको छ ।


प्रतिक्रिया