भालुको आक्रमणमा परि ककनीमा ५ जना गम्भिर घाइते

वैशाख ७, २०८० | नुवाकोट

शिबपुरी नागर्जुन राष्ट्रिय निकुञ्जबाट झरेको भालुको आक्रमणमा परि नुवाकोटको ककनी गाउँपालिकाका पाँचजना गम्भिर घाइते भएका छन् । ककनी १ ओखरपौवाका ४ जना स्थानीय र वडा ४ का १ जना गरी ५ जनालाई भालुले आक्रमण गरी घाइते बनाएको वन डिभिजन कार्यालय नुवाकोटका डिएफओ दीर्घनाराण कोइरालाले जानकारी दिनुभयो ।

घाइतेहरुको काठमाडौं बसुन्धरास्थित ग्रिनसिटी अस्पतालमा उचपार भैरहेको छ । सुरुमा निकुन्जको जंगलबाट भालु झरेर मध्यवर्तीको सानो जंगलमा बसेको स्थानीयले बंदेल भन्ठानेर हेर्ने र सेल्फी खिच्ने भनेर लाग्दा भालुले एक्कासी आक्रमण गरी घाइते बनाएको थियो । उहाँले २ जनालाई सेल्फी खिच्दा घाइते बनाएको बताउनुभयो ।  

आज बिहान फेरि एक जना र अर्को सोही जंगलबाट बाटो हिंडिरहेको गरी दुई जनालाई भालुले घाइते बनाएपछि ललितपुरस्थित सदरचिडियाखाना जावलाखेलको उद्धार टोलीले अपरान्ह ४ बजे भालु फेला पारेर लठ्याउने सुई हानेर बेहोस बनाई उपचारको लागि जावलाखेल ल्याएका छन् । भालुको आक्रमणमा परि गम्भिर घाइते भएकाहरुलाई ग्रिनसिट अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनलाई अनुरोध गरी लाग्ने खर्च निकुञ्ज, सरकार, सरोकारवाला निकायसंग दिलाउन पहल गर्न भनिएको एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले बताउनुभयो । । 


प्रतिक्रिया