गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहिबार विश्वासको मत लिने

वैशाख १७, २०८० | कास्की

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी बिहिबार विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज तेस्रो अधिवेशनको आह्वान गरेसंगै पाण्डेले विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशनको आह्वान गर्नुभएको छ । वैशाख ९ मा एक दिन मात्र बसेपछि प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको थियो ।

कांग्रेसका पाण्डे वैशाख १४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । नयाँ सत्तासमीकरण अनुसार माओवादी केन्द्र र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बन्नुभएका पाण्डेले १५ गते पद तथा गोपनीयतको शपथ लिनुभएको थियो । पदभार गर्दै पाण्डेले शुक्रबार तीन सदस्य मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मन्त्रालयको भागवण्डा नटुंगिएका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । 


प्रतिक्रिया