पाल्पा–बुटवल सडकखण्डको यातायात अवरुद्ध

वैशाख २२, २०८० | पाल्पा

सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडकखण्डको यातायात अवरुद्ध भएको छ । गौडेपुल र चर्चरेकोबीचको कालीमाटी क्षेत्रमा सुख्खा पहिरो खसेपछि सो राजमार्गको यातायात विहानैदेखि अवरुद्ध भएको तिनाउ गाउँपालिका–३, का वडासदस्य टंक बस्यालले जानकारी दिनुभयो । 

सडक डिभिजन कार्यालयले घुम्ती सुधार गरेको स्थानमा सुख्खा पहिरो खसेको हो । पहिरोका कारण सुनौलीदेखि पोखरा हुँदै मुस्ताङसम्म चल्ने सवारी साधन बीच बाटो मै रोकिए पछि यात्रुहरु अलपत्र परेका छन् ।

पहिरो पन्छाउने काम सुरु भइरहेको ट्राफिक प्रहरी प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । सो राजमार्ग हुँदै पाल्पा, गुल्मी, अर्घाखाँची, बाग्लुङ, स्याङ्जा, बेनी, मुस्ताङ, पोखरा लगायतका स्थानमा सवारी साधन चल्ने गर्छ ।


प्रतिक्रिया