मुगुमा चार वर्षपछि यार्सा संकलन सुरु

जेष्ठ ११, २०८० | मुगु

मुगुको मुगुम कार्मारोङ गाउँपालिकास्थित पाटन क्षेत्रमा यार्सा संकलन सुरु भएको छ । विगत चार बर्षदेखि बन्द भएको यार्सा संकलन कार्य यसपटक बाटसुरु गरिएको मुगुम कार्मारोङ गाउँपालिकाले जनाएको छ ।

पालिका अध्यक्ष छिरिङ क्याप्ने लामाका अनुसार सानो कोइकी, ठूलो कोइकी, रिमार, टााके लगायत पाटन क्षेत्रमा उम्रिने बहुमुल्य यार्सा टिप्न जिल्ला भित्र र बाहिरका स्थानीय अवश्यक सामग्री सहित पटान क्षेत्रमा पुगेका छन् । यार्सा संकलन कार्य आगमी असार १५ गतेसम्म हुने गाउँपालिकाले जनाएको छ ।

यार्सा संकलन कार्य सुरु भएसँगै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ ।


प्रतिक्रिया