सांसदहरुको प्रश्नको जवाफ प्रधानमन्त्रीले आज दिँदै

जेष्ठ १२, २०८० | काठमाडौं

सरकारको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पमल दाहालले आज जवाफ दिदै हुनुहुन्छ । प्रतिनिधीसभामा जेठ ५ गते सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री दाहालले आज जवाफ दिने कार्यसूची तय गरिएको छ । प्रतिनिधीसभाको बैठक विहान ११ बजेटका लागि बोलाईएको छ ।

नीति तथा कार्यक्रममा सांसदहरुले आजपनि धारणा राख्ने र प्रधानमन्त्री दाहालले जवाफ दिएपछि आजै पारित गर्ने कार्यसूची तय भएको संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो ।

नीति तथा कार्यक्रमको सत्तारुढ दलका सांसदले बचाउ गरेका छन् भने विपक्षी दलका सांसदहरुले बर्तमान आर्थिक समस्यालाई सम्वोधन गर्न नसक्ने धारणा राखेका छन् । नीति तथा कार्यक्रममा समावेश गरिएका कतिपय विषय महत्वकांक्षी र हचुवाका भरमा समावेश गरिएको विपक्षीको तर्क छ । यद्यपी नीति तथा कार्यक्रम संसोधन विनै पारित हुने सम्भावना छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमकै आधारमा आगामी सोमबार बजेट ल्याउदैछ । जेठ १५ मा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थ छ । 


प्रतिक्रिया