नुवाकोटमा गाईगोरुमा लम्पी रोग

जेष्ठ १३, २०८० | नुवाकोट

नुवाकोटमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग प्रकोप फैलिएको छ । सो रोगका कारण दुई दर्जन गाई/गोरु मरिसकेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले जनाएको छ ।

केन्द्रका प्रमुख भरत पाण्डेका अनुसार सूर्यगढी गाउँपालिका, विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तादी, पन्चकन्या, शिवपुरी, लिखु, तारकेश्वर, लगायत स्थानीय तहमा पशुहरुमा लम्पी स्किन रोग देखा परेका छन् ।

१ लाख २० हजार गाई र गोरुको तथ्यांक रहेको नुवाकोटमा अहिलेसम्म १ हजार पशुचौपाय संक्रमित भइसकेका छन् । 


प्रतिक्रिया