प्रधानन्यायधीशको ससंदीय सुनुवाई प्रक्रिया आजबाट सुरु हुंदै

जेष्ठ १६, २०८० | काठमाडौं

प्रस्तावित प्रधानन्यायधीश हरिकृष्ण कार्कीको ससंदीय सुनुवाई प्रक्रिया आजबाट सुरु हुंदैछ । बैठक सिंहदरवारस्थित समितिको हलमा केहीबेर अघि शुरु भएको छ । संसदीय सुनुवाई समितिको आज बस्ने पहिलो बैठकमा संवैधानिक परिषदबाट भएको सिफारिस टेबुल गर्ने कार्यसूची छ । संसदीय सुनुवाइ समिति गठन नहुंदा कार्कीको संसदीय सुनुवाई प्रक्रिया अघि बढ्न सकेको थिए ।

२०७८ फागुन १ गते तत्कालिका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएदेखी नै सर्वोच्च अदालत कायम मुकायमका भरमा चलिरहेको छ । निलम्बनकै अवस्थामा जबरा गत मंसिरमा अवकाशमा गए देखी न्यायलयमा प्रधानन्यायधिस नियुक्त गर्नुपर्ने थियो । कायममुकायम प्रधानन्यायधीश कार्कीलाई संवैधानिक परिषदको गत बैशाख २५ गते बसेको बैठकले प्रधानन्यायधिसमा सिफारिस गरेको हो ।

संसदीय सुनुवाई समितिको प्रक्रियाबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायधिश नियुक्त गर्ने ब्यवस्था छ । संवैधानिक परिषदबाट प्रधानन्यायधीशमा सिफारिस भएको ४५ दिनभित्र संसदीय सुनुवाई प्रक्रिया टुङग्याउनुपर्ने कानूनी प्रावधान छ । ४५ दिन भित्र संसदीय सुनुवाई हुन नसके स्वतः प्रधानन्यायधीश नियुक्त हुने कानूनी प्रावधान छ ।

प्रधानन्यायधीशमा सिफारिस कार्की उमेर हदका कारण आगामी साउन २० गते बाट अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ । संसदीय सुनुवाई समितिमा आज प्रधान्यायधिसको सुनुवाई प्रक्रीया शुरु हुनुका साथै समितिको मस्यौदा जस्ता आन्तरिक प्रक्रिया पनि चल्ने संसद सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिनुभयो । 


प्रतिक्रिया