सुनवलमा महिलाका लागि छुट्टै विद्यालय

जेष्ठ १६, २०८० | परासी

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले महिला विद्यालय सञ्चालनमा ल्याएको छ । औपचारिक शिक्षाबाट बञ्चित भएका महिलाहरूलाई लक्षित गर्दै लुम्बिनी समता महिला विद्यालय सञ्चालनमा ल्याएको हो । कक्षा ४ देखि कक्षा १० सम्म पठनपाठन हुने विद्यालय विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले बताउनुभयो । ‘पढ्ने रहर भएका तर विभिन्न कारणले अध्ययन गर्न नपाएका महिला दिदी बहिनीलाई विहान बेलुकाको घरको काम सकेर दिउँसोको समयमा अध्ययन गर्नका लागि महिला विद्यालय प्रभावकारी हुने छ ।’ नगर प्रमुख अर्यालले भन्नुभयो, ‘प्रविधीको जमानामा पुस्तकको ज्ञानसंगै नयाँ विषयवस्तु सिक्नका लागि प्रेरित गर्न विद्याालय संचालनमा ल्याईएको हो । ’

गाउँमा नै पठ्ने महिला विद्यालय संचालनमा आएपछि रहर हुदँहुदै पनि पढ्न नपाएका महिला हर्षित भएका छन् । विद्यालय सञ्चालनमा आएसंगै महिला भर्ना हुने क्रम जारी छ । बुढेशकालमा कसरी पढ्ने, आफुभन्दा सानाले के भन्लान भन्ने सोचले विद्यालय आउन नखोजेका महिला अहिले विस्तारै खुल्न थालेको र भर्ना हुनेक्रम जारी रहेको विद्यालयका प्रधानाध्यापक हुमनाथ सुबेदीले बताउनुभयो ।

विद्यालयमा सबै भन्दा जेष्ठ सदस्य ७६ वर्षिया शान्ति श्रेष्ठ अध्ययनका लागि भर्ना भएपछि अन्य महिलामा पनि उत्साह थपिएको छ । १ सय ८० जना महिला अध्ययनका लागि भर्ना भएका छन् । महिला विद्यालयको एक कार्यक्रमको बिच जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले शुभारम्भ गरेका थिए । 


प्रतिक्रिया