भाइरल ज्वरोले एकको मृत्यु, ५३ जना बिरामी

जेष्ठ १८, २०८०

जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ देयारपाटामा भाइरल ज्वरोको कारण एक जनाको मृत्यु भएको छ । ५३ जना बिरामी परेका छन् । कनकासुन्दरी ७ देयारपाटा गाउँकीक ६१ बर्षिया दिपु उपाध्यायको मृत्यु भएको हाम्रा सहकर्मी डिबी बुढाले जनाएका छन् । ज्वरोकै कारण जेठ ६ गते नै दिपुको मृत्यु भएको जन स्वास्थ सेवा कार्यालय जुम्लाले जनाएको छ ।

कर्णाली विज्ञान प्रतिष्ठानको टोलील बिरामी ५३ जनाको उपचार गरेको जनस्वास्थ्य निरक्षिक प्रेमबहादुर सुमाइले बताउनुभयो । उपचार गरिएका ५३ जना मध्ये ८ जना गम्भीर प्रकृतिका रहेको उहाँको भनाई छ । दुई जनालाई जुम्लाको सदरमुकाममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । आँखाको नानी र टाउको दुख्ने, घाँटी दुख्ने जस्ता लक्षण देखा परेको छ । भाइरल ज्वरोले प्रभावित वडामा प्रतिष्ठानका डाक्टर विशाल रोकाया सहित दुई जनाको टोली खटिएको छ ।


प्रतिक्रिया