गर्मीपछि बर्दियाको जनजीवन प्रभावित

बर्दिया सदरमुकाम गुलरियामा शनिवार विहान ११ बजे हुलाकी सडक गर्मीले सुनसान छ ।  कमल पन्थी/बर्दिया

जेष्ठ २०, २०८० | बर्दिया

साता यता बर्दियामा चर्को घाम संगै चलेको तातो हावाले जनजीवन प्रभावित बन्दै गएको छ । गर्मी र तातो लुले दिउँसोको तापक्रम औषत ४० देखि ४१ डिग्री पुग्ने गरेको छ ।

गर्मीयाम सुरु भएयता झाडा पखाला, ज्वरो र टाउको दुःख्ने विरामी अस्पतालमा उपचारका लागि आउने गरेका छन् । तातो हावाका कारण दिउँसो सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ । विहान ८ बजेबाट चर्को घाम सँगै तातो हावा वेलुकी ६ बजेसम्म चल्ने गरेपछि सडकमा मानिस पातलिएका छन् । अत्यधिक गर्मी सँगै जिल्लाका बजारी तथा ग्रामीण भेटका सडक सुनसान बन्दै गएको छ ।

गर्मीयाम सुरु भएयता जिल्लाका अस्पतालमा झाडा पखाला,ज्वरो र टाउको दुःख्ने विरामीको संख्या समेत बढ्दै गएको छ । गर्मीका कारण जिल्लामा सबैभन्दा झाडा पखालाका विरामी धेरै भेटिएको बर्दिया अस्पतालका मेडिकल सुपरिटेण्ट डाक्टर सुभाष पाण्डेयले बताउनुभयो । गर्मी यस्तै बहिरंग सेवामा दैनिक ३ सय बढि गर्मी प्रभावित बिरामी आउने गरेको उहाँको भनाई छ ।

जिल्लामा झाडापखाला सँगै निम्न र उच्च रक्तचाप, घाउ खटेरा लगायत ज्वरोका विरामीको संख्या समेत बढेको चिकित्सकहरुले बताएका छन् । गमीयाममा प्रशस्त पानी र झोल पदार्थ पिउन साथै आवश्यक काम बाहेक घर बाहिर ननिस्कन चिकित्सकले आग्रह गरेका छन् ।


प्रतिक्रिया