सुनकोशी नदीको धार परिवर्तन गरी बेपत्ता तीन जनाको खोजी कार्य जारी

जेष्ठ २०, २०८० | सिन्धुली

सुनकोशी नदीमा जिप दुर्घटना हुँदा हराइरहेकाको खोजी गर्न पानीको धार परिवर्तन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सीटीइभीटी) का दुई निर्देशक र अधिकृतको खोजीका लागि नदीको धार परिवर्तन गराउन सुरु गरिएको हो । नदीको पानीलाई अर्कोतर्फबाट कटाएर बहाव घटाउने प्रयास भैरहेको खोजीमै संलग्न स्थानीय प्रदीप कटुवालले बताउनुभयो ।


अहिले प्रहरीले तीन वटा स्काभेटर मेसिन प्रयोग गरि बहाव अर्कोतर्फबाट कटाउने प्रयास गरिरहेको छ । भक्तपुरबाट खोटाङका लागि हिडेको सीटीइभीटीको जिप हिजो सुनकोशीमा खस्दा प्रशासन शाखाका निर्देशक ५७ वर्षिय कृष्ण केसी, महाशाखा निर्देशक ५६ वर्षिय यमप्रसाद भुर्त्तेल र इलामका ३२ वर्षिय विद्युत प्राविधिक अधिकृत भानु पौडेल वेपत्ता छन् ।   


प्रतिक्रिया